शहीदका छोराछोरीको स्कुलमा समस्या

शहीदका छोराछोरीको स्कुलमा समस्या

इटहरी १९ स्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनियमितता भएको भन्दै विवाद उत्पन्न भएको छ । द्वन्द्वकालको समयमा मारिएका, अपांग, अशक्तका छोराछोरी अध्यापन गराउने उद्देश्यले स्थापित विद्यालयमा सीमित मानिसले रजाइँ गरेको र आर्थिक अनियमितता गरेको भन्दै संंघर्ष समिति बनाएर स्थानीय दबाबमा उत्रिएका छन् ।

सरकारले वार्षिक ३ करोड २२ लाख रुपैयाँ उक्त विद्यालयलाई बजेट विनियोजन गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले भने भ्रष्टाचारको आरोप मिथ्या भएको बताए । विद्यालय प्रशासनदेखि रुष्ट विद्यार्थीले नाराबाजी गरेका छन् । प्रधानाध्यापक र लेखापाललाई करार थप नगरिएको भन्दै ती असन्तुष्ट बनेका हुन् । प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लीलाराज काफ्लेको करार सकिएको छ ।

केन्द्रीय प्रतिष्ठानका अध्यक्ष कृष्ण सापकोटा र धर्मशिला चापागाईको टोली निरीक्षणमा आएको थियो । त्यही टोलीले करार नथप्न निर्देशन दिएको अध्यक्ष गिरीले बताए ।

इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, अभिभावक र प्रअबीच छलफल राखिए पनि यकिन निक्र्याेल आउन सकेको छैन ।

– धनबहादुर पुरी

टिप्पणीहरू