सुरक्षा फौजद्वारा उपत्यकामा लकडाउन गर्न सुझाव

सुरक्षा फौजद्वारा उपत्यकामा लकडाउन गर्न सुझाव

उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि सुरक्षा फौजले सरकारलाई लकडाउन गर्न सुझाव दिएको छ ।

अस्ति स्वास्थ्य र शिक्षा मन्त्रीलाई मन्त्रालयमै भेटेर तीनवटै सुरक्षा अंगका प्रतिनिधिले लकडाउन गर्न अनौपचारिक सुझाव दिएका हुन् । ‘औपचारिक निर्णय होइन, मौखिक सुझाव दिएका छौँ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारीनिकट स्रोतले भन्यो ।

यता,अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा अक्सिजनको अभाव बढेपछि सशस्त्र प्रहरी बलले थालेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ ।

अक्सिजनको आकस्मिक अभाव टार्न सशस्त्रको बलम्बुस्थित कोभिड अस्पतालमा अक्सिजन उत्पादन थालिएको हो । परीक्षणको गुणस्तर आजै परीक्षण गर्न लागिएको छ ।

टिप्पणीहरू