खोजेको विमलेन्द्र, भेटिए मीनेन्द्र

खोजेको विमलेन्द्र, भेटिए मीनेन्द्र

सायद बुढेसकालले छोएर होला, अरू समय दुई पेग रेडवाइन लिएको बेला झोंक्किने कांग्रेस सभापति शेरबहादुर देउवाले अचेल नपिएको समयमा पनि उस्तै रिस देखाउन थाल्नुभएको छ ।

विस्तारै बुढ्यौलीले छोप्दै गएपछि बोलेको कुरा बिर्सने र सहयोगीलाई झपार्ने काम बढ्दो छ । त्यही भएर होला गत हप्ता आफ्नै निवास बूढानीलकण्ठमा थापा थरका आफ्ना अंगरक्षकलाई मीनेन्द्र रिजाललाई फोन लगाउन अह्राउनुभयो ।

अंगरक्षकले फोन लगाएर दिए । केही कुरा भयो । तर, फोन राख्नै नपाई उल्टै हकारियो । भन्दै हुनुहुन्थ्यो– ‘मैले विमलेन्द्रलाई फोन लगाऊ भनेको होइन ?’ सभापतिको गालीबाट अंगरक्षक थापा अक्क न बक्क भए ।

उनले जवाफ फर्काए, ‘हजुरले मीनेन्द्र दाइलाई फोन लगाऊ भन्नुभएको होइन र !’ देउवापत्नी आरजुले यो संवाद सुनिरहेकी थिइन् । उनले भनिन्, ‘अँ, हजुरले मीनेन्द्रलाई फोन गर्न भनिस्या हो ।’

अन्य सहयोगीले पनि सभापति बेलामौकामा यसरी झुक्किने गरेको र सहयोगीहरूलाई अनायासै झपार्ने गरेको पीडा सुनाउने गरेका छन् ।

टिप्पणीहरू