हिजो बालुवाटारमा वामदेवलाई के खुवाइयो ?

हिजो बालुवाटारमा वामदेवलाई के खुवाइयो ?

होटल मेरियटमा वरिष्ठ नेता माधव नेपालसँगको वार्ता सकिएर बालुवाटार निवासको गेट नम्बर १ बाट छिर्नेबित्तिक्कै प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमको फोन थिच्नुभयो । हातैमा फोन चलाइ रहनुभएका गौतमले प्रधानमन्त्रीको फोन दुई घण्टीमै उठाउनुभयो ।

हेल्लो भन्न नभ्याउँदै आवाज आयो ‘आज डिनरसँगै कुरो गर्न आउनुस् न कमरेड !’ गौतमले ‘हवस्’ भनेर फोन राखिदिनुभयो ।

साँझ सात बजेतिर बालुवाटार पुग्नुभएका गौतमसँग प्रधानमन्त्रीले झण्डै एक घण्टाजति राजनीतिक कुराकानी गरेपछि दुबैजना ९ बजेतिर डाइनिङ रुमतिर छिर्नुभएको बताइन्छ । स्रोत भन्छ,‘हिजो निकै मसिनो स्वरमा मित्रतापूर्ण ढंगले कुरो भएको थियो ।

“तपाईं मित्रघात गर्दिंन भनिरहनुहुन्छ र घात गरिरहनुहुन्छ । तर,तपाईंले जे गरे पनि हाम्रो सम्बन्ध ज्यादै कठिन अवस्थाको हो ।”

त्यसपछि खाना खाँदै पनि केही बेर संक्षिप्त कुरा भयो ।’ खाना अत्यन्त साधारण थियो । पहेँलो र कालो गरी दुईथरी दाल । सादा तरकारी । एक छिनपछि आँपको अचार पनि टेबलमा आइपुग्यो ।’

तपाईं फागुन २८ को आफ्नो अवैधानिक निर्णय सच्चाउन तयार नहुने,मचाँहि त्यो नसच्चिएसम्म आउन नसक्ने । हाम्रो निश्कर्ष यहि भयो होइन त ?’

तर अचार चाखेपछि भने गौतमले ‘मलाई आज सबैभन्दा नमीठो यहि आँपको अचार लाग्यो भनेर’ प्रतिक्रिया दिनुएको थियो । खाना छिटो छिटो खानुभयो । चाँडो उहाँले नै खानुभएको थियो ।

भोक लागेका कारण छिटो खानुभयो । दुई वटा सुख्खा रोटी नखाने भनेपछि प्रधानमन्त्रीले ‘खानुपर्छ खानुपर्छ’ भन्दै निकै चोटी कर गर्नुभएको थियो । खाइसकेपछि गौतमले म जान्छु भन्नुभयो तर प्रधानमन्त्रीले ‘अहिले नजानुस्,बिट मार्न पाए हुन्थ्यो’ भन्नुभयो ।
गौतमले ‘बिट मारिसकियो,तपाईं फागुन २८ को आफ्नो अवैधानिक निर्णय सच्चाउन तयार नहुने,मचाँहि त्यो नसच्चिएसम्म आउन नसक्ने । हाम्रो निश्कर्ष यहि भयो होइन त ?’ भनेपछि प्रधानमन्त्रीले भयो त भन्नुभएको थियो ।

‘त्यसोभए कमरेड ! म हिँड्छु,तपाईं ढिलो खानुहुन्छ,खाँदै गर्नुहोस् । यति हुँदाहुँदै पनि तपाईं र मबीच आधा शताव्दीको मित्रता कायम रहन्छ । मैले कहिल्यै मित्रघात गरेको छैन । अब पनि गर्ने छैन । तपाईं पनि मित्र घात गर्दिंन भनिरहनु हुन्छ र घात गरिरहनुहुन्छ । तर,तपाईंले जे गरे पनि हाम्रो सम्बन्ध ज्यादै कठिन अवस्थाको हो । राजनीतिले हामीलाई व्यक्तिगत सम्बन्धमा पुर्याएको हो ।

अहिले मेरोनिम्ति व्यक्तिगत सम्बन्धलाई पार्टीभन्दा ठूलो मान्छु, नमस्कार,’भनेर भैंसेपाटी फर्कनुभएको उहाँनिकट पूर्व कृषि मन्त्री हरि पराजुलीले जनआस्थालाई बताउनुभयो ।

टिप्पणीहरू