एमालेले बनायो नयाँ स्थायी कमिटी

एमालेले बनायो नयाँ स्थायी कमिटी

प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा एमालेको दशौ महाधिवेशन आयोजक समिति बैठकले भर्खर नयाँ स्थायी समिति गठन गरेको छ ।

हिजो राती म तपाईंको फुटपरस्त गलत काममा सम्लग्न छैन भनी बालुवाटारमा दुई वटा रोटी खाएर निस्कनुभएका नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष वामदेव गौतमलाईसमेत समेटिएको नयाँ स्थायी समितिमा रामबहादुर थापा बादललाई मर्यादाक्रमको चौथो नम्बर दिइएको छ भने प्रचण्डको साथ छाडी मन्त्री बन्न गएका टोपबहादुर रायमाझी,लेखराज भट्ट,मणि थापालाई पनि समेटिएको छ भने प्रभु साह याे लटमा परेका छैनन् ।

केशव बडाल र योजना आयोगका उपाध्यक्ष तथा पार्टी लेखा बिभाग प्रमुख रहेका डा.पुष्पराज कडेललाई पहिलोपटक वैकल्पिक उकालेर १९ सदस्यीय बनाइएको स्थायी समितिमा १५ नेता एमाले पृष्ठभूमिका छन् ।

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवाली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ्ग

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा

टिप्पणीहरू