बेड भरिएपछि सडकमै उपचार

बेड भरिएपछि सडकमै उपचार

कोरोना संक्रमणका बिरामीको चाप बढ्न थालेपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना बिशेष अस्पताल (धागो कारखाना)मा बेड अभाव भएको छ ।

दैनिक ५ देखि १० जना जटिल प्रकारका संक्रमितहरु आउन थालेपछि बेड अभाव भएको अस्पतालका सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

थापाका अनुसार १५ शैया क्षमता रहेको अस्पतालमा संक्रमितको संख्या बढ्न थालेपछि भैरहवाको भीम अस्पताल,चितवनको भरतपुर र काठमाण्डौँ पठाउन थालिएको छ । थापाले आइसियु र भेन्टिलेटर सबै भरिएकाले जटिल किसिमका नयाँ संक्रमितलाई अक्सिजन दिएर उपचार गर्न सक्ने अवस्था नरहेको बताए ।

‘सामान्य उपचारका लागि हामीले अस्पतालको पेटीमै राखेर पनि गरिरहेका छौँ ‘,उनले भने । संक्रमण दर बढ्दै गएको बेला सबैले सचेतना अपनाउनुपर्नेमा जोड दिँदै अस्पताल प्रशासनले बेड थप्ने तयारी गरिरहेको उनले बताए ।

लुम्बिनी प्रदेशका अन्य सबै कोरोना बिशेष अस्पतालहरुमा पनि बेड खाली नभएको जनाईएको छ ।

टिप्पणीहरू