पूर्वको सम्मान,जहाँबाट पहिलो राष्ट्रिय कवि गोष्ठी प्रारम्भ भयो

पूर्वको सम्मान,जहाँबाट पहिलो राष्ट्रिय कवि गोष्ठी प्रारम्भ भयो

वि.सं. २००९ मा नेपालमा पहिलो रास्टृय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको इलाम,करफोक माध्यमिक बिद्यालयको प्राङ्गणमा काठमाण्डौबाट आएका गीतकार/ कवि युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र लव गाउँलेको सम्मान गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई थिए भने अध्यक्षता विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन निरौलाले गरेका थिए ।

प्रधानाध्यापक गणेशप्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको ऊक्त कार्यक्रममा करफोक र छिमेकी बिध्यालयका शिक्षक/ विद्यार्थी सुजन दुलाल,अञ्जिला थामी,उमानाथ गर्तौला,अनिसा अधिकारीलगायतले गीत,गजल, मुक्तक कविता प्रस्तुत गरे भने स्थानीय कविहरू नरहरि शर्मा, गणेश निरौला,डी.पी.बास्तोला, लता गौतम अधिकारी,रीना राई समेतले हस्यव्यँग्य कविता,मुक्तक, गजल वाचन गरे ।

स्थानीय गायक पुजन प्रधानले गीतकार युवराज अधिकारीको देउरालीको फूल एल्बमको ‘विश्वास गर आफैलाई नै” गीत गाए । कवि बिमल बैध्य तथा साहित्यकार केदार शर्माको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यालयको तर्फबाट नृत्य तथा कराते कौशलसमेत प्रस्तुत भएको थियो ।

कार्यत्रममा गीतकार अधिकारीले आफ्नो एल्बम ‘देउरालीको फूल’ बिक्रीबाट सङ्कलित र त्यसमा केही थप गरी रु.२ लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट सूर्योदय नगरपालिका क्षेत्रभित्र साहित्य तथा सङ्गीतका प्रतिभाहरूलाई निकट भविष्यमा पुरस्कृत गरिने बताउनुभयो ।

करिब ४ घन्टासम्म चलेको ऊक्त कार्यक्रम साहित्यकार एवं स्कुल शिक्षक सुभाष राईले सञ्चालन गर्नुभएको थियो ।

टिप्पणीहरू