राजदूतद्वारा नेपाली कविहरुसँग भेटवार्ता,सगरमाथालाई शुभकामना ।

राजदूतद्वारा नेपाली कविहरुसँग भेटवार्ता,सगरमाथालाई शुभकामना ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले त्यहाँ श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन् ।

“सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को एक टोली अस्ति वैशाख ८ गते बुधबार राजदूतको कार्यकक्षमा गएर त्यहाँको नेपाली साहित्यिक गतिविधिबारे छलफल गरेको थियो ।

परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायमान गरिराखेको प्रति राजदूत ढकालले प्रशंसा गर्दै आगामी दिनका हरेक कार्यको लागि शुभकामना ब्यक्त गरेको भेटघाटमा सहभागी संस्थाका महासचिव डिजी शर्माले जानकारी दिएका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट केन्द्रीय सदस्यद्वय कृष्ण घिमिरे र राज यात्री लम्सालको समेत सहभागिता रहेको र संस्थाले भर्खरै बजारमा ल्याएको संयुक्त कविता संग्रह “कविताहरुको सगरमाथा” उपहारस्वरुप नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो

-रामप्रसाद ढुंगेल

टिप्पणीहरू