विप्लवका मान्छे नछुट्नुमा माधवको दोष ?

विप्लवका मान्छे नछुट्नुमा माधवको दोष ?

प्रधानमन्त्रीका कुरा कति अचम्मका भने, सत्ता र शक्तिमा नरहेका प्रचण्ड–माधवहरूले विप्लव नेकपाका नेता कार्यकर्तालाई जेलमुक्त हुनबाट रोकिरहेका छन् ।

फागुन २१ गते गरिएको सम्झौताअनुसार विभिन्न कारागारमा रहेका आफूपक्षीय राजनीतिक बन्दी–कैदी रिहाइको शर्त सरकारको तर्फबाट पूर्णतः पालना नभएको भन्दै विप्लवसहितका नेताहरू पटक–पटक बालुवाटार धाइरहेका छन् ।

पछिल्लो भेटमा उनीहरूले ‘कसका कारण, किन ढिलाई भइरहेको हो ?’ भनी कडिकडाऊ प्रश्न गर्दा प्रधानमन्त्रीले निक्कै सजिलोसँग भनिदिनुभयो, ‘तलतलैसम्म माधव, प्रचण्डका मान्छे छन् ।

उनीहरूले ठाउँ ठाउँमा रहेका आफ्ना मान्छेलाई प्रयोग गरेर हलो अड्काउने नै भए । त्यसैले केही समस्या भएको हो ।’ यस्तो कुरा सुनेर फर्किएका नेत्रविक्रम चन्द (विप्लव) ले नेताहरूलाई सुनाउनुभयो, ‘कस्तो केटाकेटी कुरा गर्ने प्रधानमन्त्री रहेछन् † प्रचण्ड, माधव नेपालहरूले गर्दा मान्छे छोड्ने कि राख्नेमा समस्या भयो पो भन्छन् !’

विप्लवपक्षीय नेताहरूले विश्लेषण गरेका छन्– प्रधानमन्त्रीले टार्न खोज्नुभएको हो । एकजना नेताले जनआस्थासँग भने, ‘ती कैदीबन्दी भित्रै राखेर हामीबाट सहयोग लिइरहने रणनीति हो ।

विभिन्न बहानामा उनीहरूलाई अहिल्यै नछोड्ने । आखिर विप्लवहरू अब फर्किएर जंगल जाने हैनन् । फसाउनु थियो, फसिहाले भन्ने लागेको हुनसक्छ ।’ प्रचण्ड–माधवहरूले हैन, बरु ¥याइँ¥याइँ रिंगाइराख्न विदेशीले दबाब दिएको शंका विप्लवपक्षीय नेताहरूको छ ।

अहिले ललितपुरको नख्खुस्थित कारागारमा हेमन्तप्रकाश वली (सुदर्शन), संखुवासभामा माइला लामा, चितवनमा विप्लवका दाइ वीरजंग, बर्दियामा भरत बम, अछाममा चुडामणि ओलीसहित देशभरका जेल र हिरासतमा करिव ३ सय विप्लव नेकपाका नेता–कार्यकर्ता जघन्य अपराधअन्तर्गत अदालतको आदेशअनुसार थुनिएको बताइन्छ ।

टिप्पणीहरू