बादलको निम्ति जेठ ६ गते उपचुनाव

बादलको निम्ति जेठ ६ गते उपचुनाव

आइतबारदेखि राष्ट्रिय सभाको सांसद नरहेका गृहमन्त्री रामबहादुर थापा बादलको रिक्त पदमा पूर्तिका लागि निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गराउने भएको छ ।

नेपाल सरकारले गरेको बैशाख ६ गतेको निर्णयानुसार थापाको रिक्त पदको बाँकी अवधिको लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

उक्त उपनिर्वाचनको लागि राजनीतिक दलहरुलाई यहि बैशाख १० गतेदेखि १४ गतेसम्म दल दर्ताको लागि समेत आह्वान गरिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि तत्कालीन नेकपा साबिक एमाले र माओवादीमा परिणत भएपछि माओवादी केन्द्रका सांसद रामबहादुर एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले कारबाही गरेपछि थापाको सांसद पद गुमेको हो ।

टिप्पणीहरू