पार्टी कार्यालयमा कमरेडहरुका प्रलय

पार्टी कार्यालयमा कमरेडहरुका प्रलय

विभाजनको डिलमा पुगेको एमालेमा पार्टी कार्यालय संचालनलाई लिएर लफडा बढेको छ । दुई पक्षबीच विवाद उत्कर्षमा पुगेका बेला बिहीबार नुवाकोटको जिल्ला कमिटी बैठक रोक्न प्रहरीले निर्देशन दिएको छ । सदरमुकाम बिदुरस्थित कार्यालयमा अध्यक्ष नारायण खतिवडाले राखेको रोक्न प्रहरीले दबाब दिएको बताइएको छ ।

प्रहरीले माथिको आदेश भनेर छिटो बैठक सक्न आग्रह गरेको एमाले नुवाकोटका सचिव बुद्धि प्रधानले बताए । ‘हामी पार्टी कार्यालयमै बैठक बसेका हौँ । अलि छिटै बैठक सके हुन्थ्यो भन्ने प्रहरीको कुरा थियो । हामी २० मीनेटजति बसेर निस्केका हौँ ।’

ओली पक्षले प्रहरी लगाएर बैठकस्थलबाट निकालेको भन्ने समाचारको उनले खण्डन गरे । ओली पक्षले संचालन गरेका केही मिडियाले भ्रामक हल्ला चलाएको भन्दै प्रधानले अध्यक्ष खतिवडासहित महाधिवेशनबाट निर्वाचित बहुमत सदस्य आफूहरुतिर रहेकाले कसैले पार्टी कार्यालयबाट निकाल्न नसक्ने बताए ।

‘बाहिर भनिएजस्तो विवाद भएको होइन । आजको बैठक सहमतिमै भएको हो । हामीले बैठकमा आउन उहाँहरुलाई पनि आग्रह गरेका थियौं । तर,अहिले अलिकति सहज अवस्था नरहेको भनेर उहाँहरु आउनुभएन । झडप सड़प केही भएको होइन’, प्रधानले भने ।

यसअघि पार्टी कार्यालयको विषयलाई लिएर एमाले नुवाकोटमा दुई पक्षबीच झडप भएको समाचार सार्वजनिक भएको थियो । ओली पक्षले पार्टी कार्यालयमा लगाएको ताला खोलेर अध्यक्ष खतिवडाले बैठक राखेपछि प्रहरी लगाएर निकालिएको भनिएको थियो ।

खतिवडा नुवाकोट एमालेका निर्वाचित अध्यक्ष हुन् । माओवादीसँग एकतापछि उनी नेकपाको सचिव थिए । अहिले उनलाई नेपाल पक्षले अध्यक्ष बनाएको छ । मैनाली भने ओली पक्षले पछि बनाएका अध्यक्ष हुन् ।

टिप्पणीहरू