काठमाडौंमा कति खपत हुन्छ खाद्यान्न,कति आउँछन्,जान्छन् मान्छे ?

काठमाडौंमा कति खपत हुन्छ खाद्यान्न,कति आउँछन्,जान्छन् मान्छे ?

काठमाडौंको मुख्य नाका नागढुङ्गाबाट पछिल्लो १४ घण्टामा २ सय ४६ वटा खाद्यान्न बोेकेका गाडी भित्रिएका छन् ।

बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म काठमाडौंमा २३ वटा ग्याँस बुलेट, ५८ वटा इन्धन बोकेका ट्यांकर,३ वटा कोइला बोकेका गाडी,३ वटा अक्सिजन ग्याँसकासहित ९८ वटा फलफूल र तरकारीका काठमाडौं प्रवेश गरेका छन् ।

यस्तै,सोही अवधिमा ३८ दूध बोकेको ट्याङ्कर,९१ वटा कुखुरा र अण्डा बोकेका गाडी,१५ वटा जडीबुटीका बोकेका सवारी साधन पनि काठमाडौं छिरेका छन् ।

काठमाडौंमा उक्त अवधिमा ३ सय ३९ वटा फलाम र हार्डवेयरका सामान बोकेका गाडी छिरेका छन् । खुद्रा र अन्य सामान बोकेका थप ४ सय ५२ गाडीसमेत उक्त अवधिमा राजधानी भित्रिएका छन् ।

प्रहरीका अनुसार थानकोटबाट २४ घण्टामा भित्रिएका ठूला मालबाहक सवारी साधनको संख्या १ हजार ७१ र साना मालबाहक २ सय २६ गरी कूल १ हजार २ सय ९७ वटा रहेका छन् ।

त्यहि अवधिमा सोही नाकाबाट ४ हजार ७ सय ९३ वटा गाडीमा २६ हजार ५ सय ९ यात्रु राजधानी प्रवेश गरे भने ४ हजार ३ सय ३६ वटा गाडीमा २४ हजार ९ सय ८६ यात्रु बाहिरिएका छन् ।

उता,दक्षिणकाली नाकाबाट २ सय ७२ वटा गाडीमा १ हजार ९ सय ९४ यात्रु प्रवेश गरेका छन् । त्यसैगरी २ सय ६३ वटा सवारी साधनमा १ हजार ८ सय ७७ यात्रु बाहिरिएका छन् ।

टिप्पणीहरू