प्रतिक्रियावादीमाथि खनिए प्रचण्ड

प्रतिक्रियावादीमाथि खनिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिले कम्युनिष्टहरूलाई टुक्राउन खोजेको बताउनुभएको छ ।

लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्राउन खोजेको आरोप लगाउनु भएको हो ।

कम्युनिष्ट आन्दोलनलाई बचाइराख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको र अहिले बाहिर भनिएजस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि प्रचण्डले बताउनुभयो ।

अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरूलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउँदै उहाँले थप्नुभयो ‘अरु कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने,जबरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिष्टहरूलाई पनि एकताबद्ध गर्ने,मोर्चावद्ध गर्ने भूमिका छोड्न हुँदैन ।’

दाहालको भनाई थियो ‘हामीले एकता गरेर गल्ती गरेको होइन । हामीले बिल्कुलै सही गरेका थियौं । अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन । हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौं । गलत प्रवृतिको नायकलाई गलत्याएका थियौं । तर विदेशी शक्तिको आडमा कानुन,संविधान र सबै मूल्य,मान्यता मिच्ने काम भएको छ । यो कुरा नेपाली जनताले बुझेका छन् ।’

टिप्पणीहरू