महामारीबाट बच्न सरकारको ९ बुँदे नोटिस

महामारीबाट बच्न सरकारको ९ बुँदे नोटिस

कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ बुँदे सूचना जारी गरेको छ । बिहीबार मन्त्रालयले बैशाख मसान्तसम्म पालना गर्न भन्दै जारी गरेको सूचनामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सतर्क गराइएको छ ।

मन्त्रालयले कोभिड महामारी रोकथामका लागि भन्दै सर्वसाधारणले पालना गर्नुपर्ने विभिन्न ९ वटा बुँदा सार्वजनिक गरेको हो ।
सूचनामा बैशाख मसान्तसम्म सर्वसाधारणले सार्वजनिक सवारीसाधनमा चढ्दा अनिवार्य मास्क लगाउन भनिएको छ । यस्तै,सिनेमाहल,पार्टीप्यालेस, दर्शकसहितको खेलकुद, हाटबजार,जुलुस,आमसभा बन्द गर्न भनिएको छ ।

मन्त्रालयको सूचनामा बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र होटल तथा रेष्टुरेण्ट खोल्न भनिएको छ भने विवाह,ब्रतबन्धलगायतका कार्यक्रम गर्न पार्टी प्यालेस चाहिएमा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने बताइएको छ ।

त्यस्तै,डिपार्टमेन्टल स्टोरमा भौतिक दूरी कायम गर्न,शहरी क्षेत्रका विद्यालय बन्द गर्न तथा पूर्वनिर्धारित परीक्षा संचालन गर्दा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । सभा सम्मेलन गर्दा भर्चुअल माध्यमबाट गर्न,धार्मिकस्थलहरुमा स्वास्थ्यका मापदण्ड अपनाएर मात्र पूजापाठ गर्न तथा विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयले सूचित गरेको छ ।

टिप्पणीहरू