सीताराम यचुरीका छोराको कोरोनाको कारण प्रारन्त

सीताराम यचुरीका छोराको कोरोनाको कारण प्रारन्त

कोराना संक्रमणको कारण भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सिताराम यचुरीका जेठा छोराको आज बिहान निधन भएको छ ।

छोरा आशिष यचुरीको कोरोनाको कारण निधन भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत् दिएका छन् । आशिषको उपचारमा संलग्न चिकित्सक, नर्सलगायतले अथक प्रयासका वावजूद  छोराको निधन भएको यचुरीले उल्लेख गरेका छन् ।

उपचारमा संलग्न सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।

३५ वर्षे आशिषको उपचार नयाँदिल्ली नजिकैको मेदान्त अस्पतालमा दुइ हप्तादेखि भइरहेको थियो । स्वास्थ्य खराब भएपछि स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे उनकाे निधन भएको जनाइएको छ ।

टिप्पणीहरू