नेकपा स्थापना दिवसमा एमालेको नयाँ भवन शिलान्यास

नेकपा स्थापना दिवसमा एमालेको नयाँ भवन शिलान्यास

आज रुसी नेता भ्लादिमिर इल्यिच लेनिनको १५१ औं जन्मदिन ।

आजैको दिन राणाशासन चलेको बेला विक्रम सम्वत २००६ बैशाख १० मा कलकत्ताको श्यामबजारस्थित एउटा पूरानो घरमा काठमाण्डौका चार जना युवा नेवार पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य, नारायणविलाश जोशी, नरबहादुर कर्माचार्यले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।

पुष्पलाल २०९७ सालका सहिद गङ्गालालको भाइ हुनुहुन्छ । त्यसयताका ७१ वर्ष बितेका छन् । आज सोही अवसरमा आयोजित प्रज्ञा भवनको कार्यक्रम एमालेको माधव-खनाल खेमाले कोरोना संक्रमणको कारण स्थगित गरेको छ ।

उता बल्खुस्थित मदननगरमा भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ  भवनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट भने शिलान्यास हुने कार्यक्रम छ ।

टिप्पणीहरू