ओली र माधव एकातिर, विष्णु र बालकृष्ण अर्कातिर

ओली र माधव एकातिर, विष्णु र बालकृष्ण अर्कातिर

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज साँझ मेरियट होटलमा ‘आइसब्रेक’ वार्ता चलिरहँदा एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र काँग्रेस सभापति शेरबहादुर देउवानिकट नेता बालकृष्ण खाँड सोही होटलबाट केही मीनेटको अन्तरमा बाहिरिनुभएको छ ।

एउटै जिल्ला रुपन्देहीका नेता पौडेल र खाँडबीच सोही होटेलमा भएको आजको गोप्य वार्तालाई एकथरिले शंकाको दृष्टिकोणले समेत हेरेका छन् । एकतिर नजर लगाएर,अर्कोतिर निशाना साध्ने प्रधानमन्त्री ओलीको बानीलाई नजिकबाट चिन्नेहरुले राजनीतिमा यो अर्को कुनै चक्मा दिने खेल त हैन भन्ने प्रश्न उठाएका छन् ।

सभापति देउवाका अति निकटस्थ खाँड र प्रधानमन्त्री ओलीका विश्वासपात्र पौडेलबीच भएको वार्तालाई नेपाल र ओलीको भेटसँग भएको कुराकानीसङ्ग जोडेर हेर्न नमिल्ने उनीहरुको तर्क छ ।

स्रोतको आशंका छ,‘ माओवादी,माधव खेमालगायत सबै चकित पर्नेगरी बरु हामी हामी मिलेर चुनावी सरकार गठन गरौं भन्दै काङ्ग्रेसको नाडी छाम्ने अभियान त हैन यो ? त्यसो गर्दा एकातिर एमसिसी पास गर्न सहज हुन्छ,अर्काेतिर महन्थ-राजेन्द्रको मागबमोजिम थप नागरिकता बितरणको झ्याउलो र सम्बिधान सँशोधनको चक्करमा पनि फस्नुपर्दैन । आखिर दुबै पार्टीको चाहना अर्ली इलेक्सन नै हो ! “

टिप्पणीहरू