प्रचण्डले पाए सरकारबारे निर्णय गर्ने अधिकार

प्रचण्डले पाए सरकारबारे निर्णय गर्ने अधिकार

सरकारलाई दिएको समर्थन कायमै राखेर प्रधानमन्त्रीको राजीनामा मागेपछि आलोचना खेपिरहेको नेकपा माओवादी केद्रले समर्थन फिर्ता लिने वा नलिने बारे निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई सुम्पेको छ ।

आज पार्टी मुख्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो ।

वैकल्पिक सरकार गठनको आधार नबन्दै समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा विघटन गर्नसक्ने माओवादीको तर्क छ । काँग्रेस र जसपासँग सत्ता सहकार्यका लागि निरन्तर छलफल गरिरहेको माओवादीले नयाँ सरकार बन्ने अवस्थामा तत्काल समर्थन फिर्ता लिने बताउँदै आएको छ ।

आजको स्थायी कमिटी बैठकले यसबारे निर्णय गर्न अधिकार सुम्पिएपछि अब प्रचण्डले जुनसुकै बेला समर्थन फिर्ता लिन सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।  ।

केन्द्रिय कमिटीकाे बैठक केही समयकाे लागि सारिएकाे र छिट्टै बस्ने तयारी भैरहेकाे पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । बैठकले काेभिडकाे प्रकाेप दिनानुदिन बढी रहेकाेले सबैलार्इ सचेत रहन अपिल गरेकाे छ ।

टिप्पणीहरू