कुन कुन दलले हिसाब देखाएनन् ?

कुन कुन दलले हिसाब देखाएनन् ?

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दललाई स्पस्टिकरण सोधेको छ । आयोगले लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रुपमा प्रतिवेदन नबुझाउने ४० वटा दलसँग स्पष्टीकरणको माग गरेको हो ।

बुधबार आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पस्टिकरण बुझाउन भनिएको छ ।

आयोगमा दर्ता भएका दलहरुले आफ्नो आय व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने,अभिलेख राख्न जिम्मेवार पदाधिकारी तोकी सोको जानकारी अयोगलाई गराउनुपर्ने, आर्थिक वर्ष सकिएको छ महिनाभित्र लेखा परीक्षकबाट लेखा परिक्षण गराई एक महिनाभित्र आयोगमा बुझाउनुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाको स्मरण गराउँदै आयोगले प्रतिवेदन सार्वजनिक नगर्ने दलहरुलाई दल खारेजीसम्मको कारबाहीको चेतावनी दिएको छ ।

कुनैपनि दलले लेखा परिक्षण प्रतिबेदन नबुझाएमा ४५ दिनपछि छापा तथा विद्युतीय माध्यमबाट आयोगले स्पस्टिकरण माग्ने कानुनी प्रावधान छ । तोकिएबमोजिम लेखा नराखेमा, प्रतिवेदन नबुझाएमा र समयमै स्पस्टिकरणको जवाफ नदिएमा बीस हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने ऐनमा व्यवस्था छ ।

यस्तै,तीन वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई ५० हजार जरिवाना साथै एक महिनासम्म जरिवाना नबुझाएमा वा तोकिएको समयमा प्रतिवेदन नबुझाएमा आयोगले निर्वाचनमा भाग लिन नपाउने आदेश दिनसक्ने कानुनी व्यवस्था रहेको छ । आयोगले दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा जरिवाना नबुझाएमा दल खारेज गर्ने ऐनको व्यवस्था स्मरण गराइएको छ ।

निर्वाचन आयोगले स्पस्टिकरण मागेका दलहरु
मुस्कान सेना नेपाल पार्टी
नेपाल समावेशी पार्टी
नेपाल दलित पार्टी
बहुजन समाज पार्टी नेपाल
देशभक्त समाज
संघीय विकासवादी पार्टी नेपाल
राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
जनमत पार्टी (जपा)
गान्धीवादी पार्टी नेपाल
नेपाल नौलो जनवादी पार्टी
नेपाल जनलोकतन्त्र पार्टी
राष्ट्रिय एकता मञ्च
राष्ट्रिय जनमुक्ति पार्टी
जनप्रजातान्त्रिक पार्टी, नेपाल
३३ दलीय मोर्चा
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
नेपाल शान्तिक्षेत्र परिषद्
सामाजिक लोकतान्त्रिक पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)
नेपाल युवा किसान पार्टी
नेपाली काँग्रेस (विपी)
नेपाल लोकतान्त्रिक पार्टी
राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
नेपाल राष्ट्रवादी पार्टी
नेपाल कम्युनिष्ट पार्टी
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
मितेरी पार्टी नेपाललगायत हुन् ।

टिप्पणीहरू