काठमाडौँमा कोरोना बढेको बढ्यै

काठमाडौँमा कोरोना बढेको बढ्यै

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढ्न थालेको छ । दैनिक रुपमा संक्रमण बढिरहेका बेला उपत्यकामा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाण्डौँ उपत्यकामा १ हजार ५१ जनामा संक्रमण पुष्टि भएसँगै उपत्यकामा खतराको घण्टी बजेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार भएको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा सर्वाधिक ७ सय ८६, ललितपुरमा १ सय ८१ तथा भक्तपुरमा ८४ जनामा संक्रमण भेटिएको जानकारी दिए ।

योसँगै नेपालमा बुधबार थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आज ८ हजार ८ सय ४४ जनामा गरिएको पिसिआर परिक्षणबाट २ हजार २ सय २० तथा ८ सय ३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ सय ३१ जना नया संक्रमित फेला परेका हुन् ।

गत सोमबारदेखि आजसम्म कुल २३ हजार ९ सय जनामा गरिएको पिसिआर परिक्षणमा ५ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सोमबारदेखि आजसम्म ७ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ८३६ जना र होम आइसोलेशनमा ९ हजार ७ सय ४६ जना रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू