खेताला बनेर परीक्षा दिने २१ जना फन्दामा

खेताला बनेर परीक्षा दिने २१ जना फन्दामा

लोकसेवा आयोगले अघिल्लो बर्ष फागुन २२ गते लिएको जनपथ प्रहरीको लिखित परीक्षामा खेताला बनेर अरुको परीक्षामा सामेल २१ जना नक्कली परीक्षार्थीले कम्तिमा ५ बर्षसम्म लोकसेवा आयोगका कुनै पनि परीक्षामा सामेल हुन नपाउने र तिनका परीक्षा रद्ध गरिएको जनाएको छ ।

बास्तविक परीक्षार्थीको फोटो प्रवेश पत्रमा बदलेर आफ्नो फोटो टाँसी खेताला बनेर परीक्षामा सामेल भएका २१ जनाको परीक्षा लोकसेवाले रद्ध गरेको हो ।

आयोगका अनुसार सूचना नम्बर २८०-०७७/ ०७८ को विज्ञापन नम्बर ०१-०७७/ ०७८ प्रहरी जवान जनपद पदको लिखित परीक्षामा अनियमितता गर्नेलाई आयोगले कारवाहीका लागि समेत सिफारिस गरेको छ।

यसरी खेताला बनेर परीक्षा दिन जानेहरुमा कैलालीका महेश चौधरी, सागरसिंह बगाल, धमेन गाउँपालिकाका दिपबहादुर ऐडी, अछामका रेवन्त खड्का र दार्चुलाका रोशन विष्टका नाममा नक्कली परीक्षार्थीले परीक्षा दिएको आयोगले जनाएका छ । यस्तै बझाङका दीपेन्द्रबहादुर कठायत, केशव द्वाल, कृष्ण खड्का, परशुराम कठायत, हेमन्त कडायत, सुवासबहादुर कठायत, विनोद कठायत, विन्दास ऐडी, सन्तोषकुमार साउद, रमेशकुमार चदांरा, अशोक ओखेडा, अनिल धमेना, सुन्दर चलाउने, रमेश कुँवर, विकास चलाउने, पूर्णप्रसाद जोशी पनि खेताला बनेर परीक्षामा सामेल भएको आयोगले जनाएको छ ।

उनीहरुले जनपथ प्रहरीको परीक्षा महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस, बाल जागृति मावि, अमिती कलेज कञ्चनपुर, अमिती कलेज महेन्द्रनगर, महेन्द्रनगर, दिपायल, लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर, शन्ति निकेतन मावि महेन्द्रनगर, जानकी कन्या मावि महेन्द्रनगर परीक्षा केन्द्रबाट दिएका थिए ।

ती परीक्षार्थी र नक्कली परीक्षार्थीलाई पाँच वर्षसम्म आयोगको परीक्षामा सामेल हुन नपाउने गरी निलम्बन गर्ने र थप कारवाहीका लागि नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय आयोगले गरेको छ।

टिप्पणीहरू