अनुमति नपाउँदा महिलाको खेल स्थगित

अनुमति नपाउँदा महिलाको खेल स्थगित

भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग हुने भनिएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले अप्रिल तेस्रो सातादेखि हुने भनेको नेपाली महिला क्रिकेट टोली र उत्तराखण्ड महिला क्रिकेट टोलीवीचको खेल कोरोना संक्रमणका कारण स्थगित भएको हो ।

उत्तराखण्ड क्रिकेट एसोसिएशनलाई बिसीसीआई र भारत सरकारले अनुमति नदिँदा खेल स्थगित भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यसअघि क्यानले नेपाली महिला क्रिकेट टोली र उत्तराखण्ड महिला क्रिकेट टोलीवीच टी–२० र एक एक दिवसीय खेल हुने जनाएको थियो ।

अहिले भारतमा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको छ । भारत अहिले विश्वकै सबैभन्दा बढी संक्रमित हुने राष्ट्रको दोस्रो स्थानमा रहेको छ ।

टिप्पणीहरू