लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

रौतहट जिल्ला बनबोहरी गाउँपालिका ४ का २० वर्षीय गुड्डु आलमलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ ।

नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना ७ ख ११११ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा आलमले झोलाभित्र लुकाई छिपाई लिई आएको औषधीजन्य लागुऔषध निट्राभेट १० लेखिएको १ हजार ४ सय ८० ट्याबलेट बरामद गरेको हो ।

यसबारे लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त,थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू