दिल्ली हुँदै उड्न लागेका नेपाली अफलोड,विमान आधा खाली

दिल्ली हुँदै उड्न लागेका नेपाली अफलोड,विमान आधा खाली

काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको सारजाह र त्यहाँबाट खाडीका अन्य मुलुक जान लागेका १ सय २२ जना नेपाली श्रमिक काठमाडौं विमानस्थलबाट फिर्ता भएका छन् । मुलुकतिर रोजगारीमा जान लागेका उनीहरुलाई कोरोना पीसीआरको नक्कली रिपोर्टको आशंकामा फिर्ता पठाइएको बताइएको छ ।

ती सबै काठमाडौंबाट नयाँदिल्लीसम्म नेपाल वायुसेवाको विमानबाट जान लागेका थिए । त्यहाँबाट अधिकांश युवा कुवेतको जजिरा विमानबाट कुवेतसिटी जान लागेकोे बुझिएको छ ।

हिजो राजधानीको सूर्या ल्याबमा स्वाब संकलन नगरी नक्कली पीसीआर रिपोर्ट दिने गरेको रहस्य बाहिरिएपछि अहिले विदेश जान लागेकाहरुको रिपोर्टमा कडाई गरिएको स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार राजधानीमा अन्य ल्याबले पनि बदमासी गरेको हुनसक्ने आशंकामा उनीहरुको परीक्षण रिपोर्टको छानबिन गरिएको हो ।
विमानस्थलबाट फिर्ता गरिएका सबैलाई अहिले महेन्द्र पुलिस क्लब,भृकुटीमण्डपमा लगिएको छ ।

टिप्पणीहरू