कोरोनाको कारण नेपालगञ्ज ठप्प

कोरोनाको कारण नेपालगञ्ज ठप्प

नयाँ भेरियन्टसहितको कोभिड–१९को संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उप महानगरपालिका क्षेत्रभित्र लकडाउन घोषणा गरेको छ ।

लकडाउनमा अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द रहने बताइएको छ । प्रशासनका अनुसार उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेबाट एक हप्ताका लागि लकडाउन घोषणा गरिएको हो ।

अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सेवा,सवारी साधन,पसल व्यवसाय सञ्चालन र हिँडडुलमा निषेध गरिएको छ ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने जिल्ला प्रशासनले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

टिप्पणीहरू