पाइला–पाइलामा खतरा

पाइला–पाइलामा खतरा

केपी शर्मा ओलीको मनमा आफूपछि यो देशमा कम्युनिष्ट पार्टीको अर्को प्रधानमन्त्री कोही पनि नहोस् भन्ने भावना विकसित हुँदा त्यसले प्रदेश–प्रदेशमा डढेलो लाग्दैछ ।

सात प्रदेशमध्ये गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबभन्दा बलियो मानिन्थे । तर, त्यहीँ एमालेको सरकार धरापमा परेको छ । केपी ओलीको विरोधीलाई बर्जित गर्ने काम आत्मघाती हो भन्ने कुरा पत्रकार महासंघको चुनावले पनि देखाएको छ ।

जहाँ २५ वर्ष उहाँलाई काँध थापेका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई पछिल्लो समय आलोचक भइदिएकै कारण अध्यक्षको उम्मेदवार स्वीकार गरिएन । फलतः सरकारपक्षीय प्रेस चौतारी साफ भएको छ । गण्डकी र लुम्बिनी प्रदेश सरकारमाथि अविश्वासको प्रस्तावद्वारा हमला भएलगत्तै अब यो आगो बागमति र प्रदेश १ मा पनि सल्किँदै छ ।

बागमतिमा कांग्रेस र माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गरे भने सरकार खतरामा रहन्छ । किनभने, त्यहाँ कांग्रेस २२, माओवादी २२ छन् । अविश्वासको प्रस्ताव पारित हुन चाहिने मत ५६ हो । ८ मत साना दलको छ । त्यसमध्ये नेमकिपाको २ मत ओली पक्षलाई जान्छ । बाँकी ६ मत विरुद्धमा जान सक्छ । यसरी ४४ र ६ गर्दा ५० हुन्छ र बाँकी ६ जना एमालेले फ्लोर क्रस गरिदियो भने त्यहाँ अर्काे खतरा छ ।

टिप्पणीहरू