कोरोना जोखिमका बाबजुद सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु

कोरोना जोखिमका बाबजुद सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु

कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशाला अघिल्तिर पुर्याउने तयारी गरिएको छ । रथयात्रा भने साँझ ६ बजेबाट शुरु हुने बताइएको छ ।

रथयात्राको पहिलो दिन सेतो मत्स्येन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा पुर्याइनेछ । असनमा पु¥याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मत्स्येन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ ।

रथलाई दरबारमार्गबाट असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मत्स्येन्द्रबहालमा पु¥याएपछि यात्रा पूरा हुनेछ । सेतो मत्स्येन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष रथयात्रा निकालेपछि वर्षा र सहहुने धार्मिक विश्वास समेत रहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाईएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

टिप्पणीहरू