विप्लव र प्रचण्डमा के फरक ?

विप्लव र प्रचण्डमा के फरक ?

धेरै मान्छेलाई प्रचण्ड र विप्लवमा आकाश–पातालझैं फरक लाग्दो हो । मैले भने यी दुईलाई दशकौंदेखि एउटै देखिरहेको छु ।

चाहे चुनवाङ बैठक होस् वा जनयुद्दकै विधिवत अन्त्य गर्ने बृहत–शान्तिसम्झौता, प्रचण्डका पछि–पछि विप्लवको व्याख्या हुन्थ्यो – पार्टी निर्णय सहि छ । प्रचण्डले जनयुद्ध त्याग्दा विप्लवले जनयुद्ध बोकेका होइनन् ।

अहिले पनि प्रचण्ड–कदम जति अपरिपक्व र हाँस्यास्पद छ । विप्लवको कदम ठ्याक्कै, उस्तै, दुरुस्तै छ । जसरी प्रचण्डले प्रधानमन्त्रीको समर्थन वैधानिक रूपले कायम राख्दै जनताअगाडि केपी ओलीलाई नंग्याउन खोज्दा आफैं नांगै देखिएका छन् ।

यस्तैगरी सरकारका नायकसंग विप्लवको हिमचिमले भद्दा मजाक मारिरहेको छ । मुख्य नेता खुला– कार्यकर्ताचाहि“ बन्धक र भूमिगत । पत्रकार महासंघको निर्वाचनमा सिधै सरकारी पार्टीनिकटको गठबन्धनमा जानुपर्ने बाध्यताले विप्लवलाई अझै चिनियो ।

क्या विद्रोही प्रचण्ड – क्या विद्रोह विप्लव !
क्या लचिलो प्रचण्ड – क्या लचिलो विप्लव !!

क्रान्तिको नाममा सम्झौता गर्दै शासकसँगै कुम हल्लाउन चाहने प्रचण्ड–विप्लवको उस्तै स्वभावले लज्जाबोध भएका क्रान्तिकारी कार्यकर्तामा सहानुभूतिसहित ।

टिप्पणीहरू