पूर्व राजा-रानीलाई कोरोना संक्रमण

पूर्व राजा-रानीलाई कोरोना संक्रमण

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर अस्ति आइतबार स्वदेश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।
शाह विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको राष्ट्रको रुपमा देखिएको भारतको नयाँ दिल्ली र हरिद्वारमा केही दिन बसेर आउनुभएको थियो ।

हिन्दू स्रमाटको उपाधिसहित उहाँलाई हरिद्वारमा अभिषेक गराइएको थियो । जहाँ लाखौं भारतीयले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई गंगामा स्नान गरेका थिए । अभिषेक कार्यक्रममा हजारौं मानिस त्यसैगरी सहभागी भएका थिए ।

कोरोना महामारीमा आयोजित कुम्भ मेलामा स्नान गरेका लाखौं भारतीयले पहिरिएको परम्परागत भित्री वस्त्र,मास्क र भीडबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आलोचना गरेका छन् ।

टिप्पणीहरू