बालुवाटारबाट ‘राम र सीता’ लाई “अयोध्या” लगिँदै

बालुवाटारबाट ‘राम र सीता’ लाई “अयोध्या” लगिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको ठोरीस्थित अयोध्यामा स्थापना गर्न लागिएको राम,सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई पूजापाठपछि बाजागाजासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको ट्रकमा हालेर बिदा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजना गरिएको पूजापाठ समारोहपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेर त्यता लगिएको हो ।

चितवन लैजान लागिएको मूर्तिलाई प्रधानमन्त्री तथा धर्मपत्नी राधिका शाक्यले मन्त्री भानुभक्त ढकाल,शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बाजागाजसहित पूजा अर्चना गर्नुभएको थियो ।

मूर्तिलाई बालुवाटारबाट बाजागाजासहित महाराजगञ्जस्थित प्रहरी एकेडेमी मोडसम्म कलश यात्रा गरेर महाराजगञ्ज,बालाजु,कलंकी, थानकोट हुँदै आजै अयोध्या पुर्याइने छ ।

टिप्पणीहरू