बञ्चरो प्रहार गरी लुटपाट गर्ने ३ जना पक्राउ

बञ्चरो प्रहार गरी लुटपाट गर्ने ३ जना पक्राउ

रातको समय काठमाडौंको सडकमा बञ्चरो प्रहार गरी लुट्ने तीन जनाको समूहलाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

शुुक्रबार राती ९ बजेको समयमा बालाजु चोक नजिकैको चक्रपथमा हिँडिरहेका रुकुम मुसीकोट नगरपालिका–२ घर भई बालाजु बस्ने वर्ष १९ का रमेश चनारालाई लुटपाट गर्ने उद्देश्यले धारिलो फलामे बञ्चरो प्रहरी गरेर उक्त समूहले लुटेको थियो ।

गोरखा नाम्जुङ्ग–३ घर भई बालाजु वर्ष १८ को सुमन परियार, ओखलढुंगा पतलेछेर्मादिङ–६ घर भई बालाजु बस्ने वर्ष १८ को छिरिङ्ग मोक्तान र मकवानपुर पालुङ्ग–८ घर भई बालाजु बस्ने वर्ष २१ को सुरज तामाङ्गले बञ्चरो प्रहारी गरी चनारालाई सख्त बनाएर फरार भएका थिए ।

नेपाल प्रहरीको महानगरीय वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई नजिकैको बालाजु गंगाहलतर्फ भाग्दै गरेको अवस्थामा बञ्चरोसहित पक्राउ गरेको थियो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट कालो बिँड भएको फलामे बञ्चरो,सुन जस्तो देखिने अन्दाजी डेढ तोलाको सिक्री र मोबाइल सेट बरामद गरेको छ ।

टिप्पणीहरू