कुकुरले टोके खोप छैन

 कुकुरले टोके खोप छैन

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण बहुला वा शंकास्पद कुकुर तथा जनावरले टोकेको अवस्थामा लगाउनुपर्ने एण्टीरेबिज भ्याक्सिन सेवा बन्द भएको छ ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई समेत कोभिड डेडिकेटेड अस्पताल तोकेको कारण आज बैशाख ७ गते मंगलबारदेखि एण्टिरेबिज सेवा बन्द गरिएको सूचना सार्वजनिक गरिएको छ ।

अस्पतालले सोमबार जारी गरेको सूचनामा टेकू अस्पतालको इमर्जेन्सीबाट प्रदान हुँदै आएको उक्त सेवा अर्को व्यवस्था नभएसम्मको लागि बन्द गरिएको जानकारी गराएको हो । यसबाट अर्को स्वास्थ्य समस्या थपिने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

बेलैमा एण्टिरेबिज भ्याक्सिन लगाउन नपाए बहुला कुकुर वा जनावरले टोकेको व्यक्तिको ज्यानै जोखिममा पर्ने सम्भावना रहन्छ ।

टिप्पणीहरू