सँसद भङ्ग गराउने अर्को योजना हो प्रधानमन्त्रीको ?

सँसद भङ्ग गराउने अर्को योजना हो प्रधानमन्त्रीको ?

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकले चार वटा निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी निर्माणलाई सुदृढ गर्दै लैजाने र विभाजनकारी गतिविधिमा लागेकाहरुलाई पार्टीमा फर्कने वातावरण बनाउने निर्णयसमेत गरेको छ ।

बैठकले मंसिरमा हुने भनिएको पार्टी केन्द्रीय महाधिवेशनको लागि गाउँ, वडा, नगर र प्रदेशको अधिवेशन कार्यक्रम तय गरेको छ । त्यसैगरी प्रतिनिधिसभा पुनःस्थापना पश्चात् पनि मुलुकलाई राजनीतिक निकास दिने अरु विकल्प नदेखिएको उल्लेख गर्दै बैठकले निर्वाचनमा जानेतर्फ सबैलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ । यसनिम्ति फेरि सँसद भङ्ग गर्नुपर्ने हुन्छ । माननीयहरुले अहिले पाएको पद भनेको पुस ५ को विघटनपछि फागुन ११ गते नाफाको पद हो ।

आजको बैठकले कर्णाली प्रदेशसभामा भएको मतदानमा फ्लोरक्रस गर्ने प्रदेशस्तरीय नेताहरुबाट चित्तबुझ्दो स्पष्टिकरण नआएको भन्दै थप स्पष्ट पार्न दुई दिनको म्याद दिएको छ । यो भनेको चित्त बुझेन भन्दै सदस्यताबाट निश्कासन हो ।

टिप्पणीहरू