ट्राफिकलाई ज्ञान र सीपको टेवा

ट्राफिकलाई ज्ञान र सीपको टेवा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रशासन तालिम संचालन गरेको छ। महाशाखाको २१औं समूहको तालिम सोमबार समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिमेहरुलाई आर्जित ज्ञान,सीप र अनुभवलाई कार्यक्षेत्रमा खटिँदा अझ बढी उत्तरदायी एवं व्यवहारिक भई सेवाग्राहीको अपेक्षाअनुसारको सेवा दिन आग्रह गरेका थिए ।

महाशाखाका उपरीक्षक श्यामकृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नायव उपरीक्षक सुनिलजंग शाहले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३५ दिने तालिममा प्रहरी नायव निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ३२ जना गरी जम्मा ४० जनाले सहभागिता जनाएका थिए ।

टिप्पणीहरू