एमसीसीको बिरोध गर्दै माइतीघरमा प्रदर्शन

एमसीसीको बिरोध गर्दै माइतीघरमा प्रदर्शन

विभिन्न २२ वटा राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बिरोधमा आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

एमसीसीको सहयोग सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले ती दलले सोमबार विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन,देश बेच्न पाइँदैन’,‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

टिप्पणीहरू