पोखराले विद्यालय बन्द नगर्ने

पोखराले विद्यालय बन्द नगर्ने

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि पोखरा महानगरले विद्यालय बन्द नगर्ने भनेको छ ।

पोखराका मेयर मानबहादुर जीसीले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गरिने बताउनुभयो । जनआस्थासँगको कुराकानीमा जिसीले महानगर र निजी विद्यालयको छाता संगठनबीच आइतबार भएको छलफलमा पनि विद्यालय बन्द नगर्ने सहमति भएको बताउनुभयो । विद्यालय बन्दै गर्नैपर्ने परिस्थिति आएमा मात्र बन्द गर्ने उहाँको भनाई छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भने काठमाडौं,ललितपुर,भक्तपुर, बनेपा,धुलिखेल,भरतपुर, काँकरभिट्टा,बिर्तामोड,दमक, बिराटनगर,इटहरी,धरान, वीरगञ्ज,जनकपुर,राजबिराज, हेटौंडा,भैरहवा,पोखरा,बुटवल, घोराही,तुलसीपुर,नेपालगञ्ज, धनगढी,भीमदत्त नगरपालिकालगायतका शहर र सदरमुकाममा बैशाख मसान्तसम्म भर्चुअलरुपमा पठनपाठन गर्ने निर्णय गरेको थियोे ।

टिप्पणीहरू