कुन-कुन शहरमा के-के बन्द हुने ?

कुन-कुन शहरमा के-के बन्द हुने ?

कोरोना महामारीको पहिलो चपेटामा परेका संस्थानहरु दोस्रो मारमा छन् ।

लामो लकडाउन झेलेको अर्थतन्त्र चलायमान हुन थालेको अवस्थामा आज बिहान बसेको मत्रिपरिषद् बैठकले महामारीको दोस्रो लहरबाट जोगिन भन्दै शहरहरुमा सञ्चालित संस्था बैशाख मसान्तसम्म बन्द गर्न भनेको हो ।

पहिलो लहरबाट बढि मारमा परेका शिक्षण संस्था,सिनेमा हल,पार्टी प्यालेस,हेल्थ क्लब,जिमखाना, स्विमिङ पुल,सभा समारोह, हाटबजार,दर्शकसहितको रंगशाला,जुलुस प्रदर्शनलगायत अत्याधिक भीडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ ।

बैठकले काठमाडौं,ललितपुर, भक्तपुर,बनेपा,धुलिखेल,भरतपुर, काँकरभिट्टा,बिर्तामोड,दमक, बिराटनगर,इटहरी,धरान,बीरगंज, जनकपुर,राजविराज,हेटौंडा, भैरहवा,पोखरा,बुटवल,घोराही, तुलसीपुर,नेपालगञ्ज,धनगढी, भीमदत्त नगरपालिकालगायतका शहरहरुलाई उच्च जोखिमको क्षेत्रमा राख्दै महामारीबाट बच्ने सुरक्षा सतर्कता अपनाउनसमेत आग्रह गरेको जनाइएको छ ।

टिप्पणीहरू