रुकुम पश्चिममा कोरोनाले एक महिलाको मृत्यु

रुकुम पश्चिममा कोरोनाले एक महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण रुकुम पश्चिमकी एक महिलाको ज्यान गएको छ । आज सोमबार जिल्ला अस्पताल सल्लेमा मुसिकोट नगरपालिका वडा नम्वर ७ की ४० बर्षिया एक महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।

ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भएकोले गत शनिवार उनी अस्पताल भएकी थिइन् । आज बिहान अकस्मात ज्वरो बढी भई बेहोस भएपछि ज्यान गएको स्वास्थ्य सेवा कार्यालय रुकुमका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । उनी एक हप्ताअघि भारतबाट घर आएकी थिइन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन रावलले जनाए । संक्रमित हुनेहरुमा एक पुरुष र एक महिला रहेका छन् ।

टिप्पणीहरू