डण्डपाणिको दाउपेच

डण्डपाणिको दाउपेच

शिक्षा क्षेत्र हेर्ने जिम्मेवारी प्राप्त बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी डण्डपाणि शर्मा टोल, वडा र नगरपालिकाभित्र मात्र नभएर गण्डकी प्रदेशमै चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।

सरकारले ४ दिन देशभरका विद्यालय बन्द गर्न निर्देशन दिँदा यिनले त्यसको अपहेलना गरी सञ्चालन गर्न उर्दी जारी गरेका थिए । प्रमुख जिल्ला अधिकारीले भन्दासमेत त्यसलाई बेवास्ता गरेर बडाहाकिम पल्टिए । जिल्लाका पत्रकार सूचना माग्न जाँदासमेत यिनको रवैया हेर्नलायक थियोे ।

विद्यालय खोल्नुपरेको कारणसम्बन्धी विज्ञप्तिबारे प्रश्न गर्दा आफूले केही नबोल्ने रूखो जवाफ दिएका थिए । कुन पत्रकारले के–के समाचार लेख्यो एक/एकको हिसाबकिताब राखेको भनेर अहंकार देखाए ।

सरूवामा काण्ड मच्चाएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले पत्र लेखेर रोक्न भने पनि त्यसलाई वास्ता गरेका छैनन् । सदरमुकामस्थित विद्यालयबाट शिक्षिका ल्याउँदा पैसाको चलखेल भएको भन्दै प्रशासनले रोक्न भनेको छ । जिल्लामा शिक्षा विकास इकाइ कार्यालय छ तर आफू त्योभन्दा ठूला भएको घमण्ड गर्छन् ।

टिप्पणीहरू