मामाघरकै हजुरबाउद्वारा नातिनी बलात्कृत

मामाघरकै हजुरबाउद्वारा नातिनी बलात्कृत

त्रिवेणी बराह मावि मुग्लिन, चितवनकी ८ कक्षामा अध्ययनरत १४ वर्षीया किशोरीलाई मामाघरको हजुरबाउले गर्भवती बनाएका छन् । गत कात्तिक अन्तिमतिर पीडित किशोरी मामाघर सहिद लखन गाउँपालिका गोरखा पुगेकी थिइन् ।

दिनभरि कामको थकान, त्यसमा पनि एक डबका कोदोको छ्याङले ह्याङ भएर एक्लै सुतेकी बालिकाको रुममा चोर बिरालोझैँ छिरेका हजुरबाउ ६५ वर्षीय आशबहादुर गुरुङले नियत खराब गरेका हुन् । बलात्कृत बालिकाको गर्भ पाँच महिना भइसकेको र भरतपुर अस्पतालमा गर्भपतन गराउन जाँदा यो कुरा सार्वजनिक भएको हो ।

भरतपुर अस्पतालले गर्भपतन गराउन नमानेपछि पीडित किशोरी अहिले प्रसूतिगृह काठमाडांैमा छिन् भने हजुरबाउ आशबहादुर गुरुङ पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएका छन् ।

यता, लमजुङमा दाजुबैनी काण्ड सार्वजनिक हुन नपाउँदै दुवैले ज्यान फालेका छन् । सुन्दरबजार नगपालिका–६ माइती भई वर्ष दिनअघि मात्रै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा घर र हाल पोर्चुगलमा रहेका सुदीप घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएकी प्रतिमा पौडेलले चैत १७ गते माइतीमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरिन् । पोर्चुगल भएका लोग्नेले भिसा पठाएर आउन भने पनि आनाकानी गर्दै गरेकी प्रतिमा आफ्नै फुपूको छोराको मायाजालमा परेकी रैछिन् ।

तिहारमा टीका लगाएका, आफैँले कन्यादान गरेका सुन्दरबजार–६ कै उत्सव कोइराला र प्रतिमाको अवैध सम्बन्धबारे आफन्तले त्यतिबेला चाल पाए जब प्रतिमाले आत्महत्या गरी ज्यान फालेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बेंसीशहरमा लास ल्याइयो । केटी गर्भवती भएको चर्चा चल्यो । पोष्टमार्टम पनि हुँदै थियो । अस्पतालले आधिकारिक रिपोर्ट जानकारी नगराउँदै बनको बाघले खानु कता छ कता मनको बाघले खाएपछि लमजुङ हस्पिटल गेटबाटै उत्सव गायब भयो ।

१७ गते हराएको उत्सवको यही २६ गते बिहान मलामीचौरमुनि मस्र्यांग्दी किनारमा लास भेटिएको छ । २५ वर्षका उत्सव र २३ वर्षे युवती प्रतिमाले ज्यान फाल्नुअगाडि बेंशीशहर नगरपालिकामा मात्रै आधा दर्जन युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । तीन महिनाको आसपासमा मात्रै । मर्नेको एउटै कारण हो अवैध यौन सम्बन्ध ।

–अञ्जनकुमार

टिप्पणीहरू