पहिलो जितको खोजीमा मलेसिया

पहिलो जितको खोजीमा मलेसिया

गत शनिबारदेखि जारी त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा सोमबार घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नपालले आज भने मलेसियासँग सिरिजको आफ्नो पहिलो खेल खेल्ने भएको हो । आइतबार भएको खेलमा मलेसिया नेदरल्याण्डस्सँग १५ रनले पराजित भएको हो ।

एक वर्षअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र मलेसिया पछिल्लो पटक खेलेका थिए । जसमा नेपाल २२ रनले पराजित भएको थियो ।जसको बदला आज नेपाललाई घरेलु मैदानमा लिने अवसरसमेत बनेको छ ।

डबल राउण्ड रोविनका आधारमा खेलाइने सिरिजमा फाइनल प्रवेश गर्नका लागि पनि नेपालका लागि आजको जित महत्वपूर्ण हुनेछ । मलेसिया भने पहिलो जितको खोजीमा मैदानमा उत्रने भएको हो । खेल त्रिवि क्रिकेट मैदान दिउँसो पौने दुई बजेबाट सुरु हुदै छ ।

टिप्पणीहरू