सिद्धिचरण राजमार्ग बिहानैदेखि ठप्प

सिद्धिचरण राजमार्ग बिहानैदेखि ठप्प

आज बिहानैदेखि सिद्धिचरण राजमार्गको स्तरोन्न्नती हुनुपर्ने माग राख्दै आन्दोलित उदयपुरेहरुले कटारी, बेतेनी भञ्ज्याङ, पटना भञ्ज्याङ र घुर्मीमा सडक अवरोध गरी यातायात ठप्प पारेका छन् ।

आन्दोलनकारीहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने बताउँदै आएका छन् । राजमार्ग ठप्प हुँदा अहिलेसम्म कुनै अप्रिय घटनाको खबर प्राप्त भएको छैन । तर टाढाको यात्रामा निस्किएका यात्रुहरु भने सडकमा झोला भिरेर हिँडेको देखिन्छन् ।

आन्दोलनकारीहरु दीपक बुढा क्षेत्रीको संयोजकत्वमा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले तत्कालका लागि सडकका खाल्डाखुल्डी पुर्नुपर्ने र सडक कालोपत्र गर्नुपर्ने माग राखेका छन् । अवरुद्ध सडक खुलाउनको लागि यो समाचार तयार पार्दासम्म कुनै पहल भएको छैन ।

टिप्पणीहरू