खोल्सीमा भेटियो महिलाको लाश

खोल्सीमा भेटियो महिलाको लाश

उदयपुरको राैतामाई गाउँपालिका ७ स्थित नवज्योति सामुदायिक बन समूहको हिले खाेल्सीमा एक जना महिलाको कंङ्कालभेटिएको छ ।

उनको बलात्कार गरी हत्या गरेको अभियाेगमा प्रहरीले सोही वडाका २४ बर्षीय युवक राजु अछामेलाई पक्राउ गरेकाे छ । मृतक महिलाको नाम,थर खुलेको छैन ।

उनी मानसिक सन्तुलन गुमाएर मुरकुर्ची बजार क्षेत्रमा हिंड्ने गर्थिन् । उनलाई अछामेले गत चैत ११ गते लतार्दै लगेकाे स्थानीयले देखेका थिए भने उनको कंङ्काल भेटिएको स्थानमा अछामेकाे टाेपी र टाउकोमा प्रहार गरेको ढुंगासमेत भेटिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू