झापालीहरूको एउटै स्वर : पार्टीमा माधव नेपालको योगदान कति ?

झापालीहरूको एउटै स्वर : पार्टीमा माधव नेपालको योगदान कति ?

एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण समारोहमा बोल्ने अधिकांश नेताले पार्टीमा माधव नेपालको योगदान र भूमिकामाथि प्रश्नचिन्ह उठाएका छन् ।

हिजो दिउँसो आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले वरिष्ठ नेता नेपालले एमालेलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । उहाँको भनाई छ ‘हामी नेकपा एमालेका कार्यकर्ता हौं,केपी ओलीको कार्यकर्ता हौं । यो केपी ओलीले नेतृत्व गरेको पार्टी हो ।’

त्यसैगरी नेता देवराज घिमिरेले माधव नेपालको भूमिका ओलीलाई असफल बनाउने रहेको बताउनुभएको छ । उहाँको भनाई थियो ‘हारिसकेको नेताले गरेको कारबाहीको के अर्थ हुन्छ ? त्यसैले अब हामी सबैजना मिलेर पार्टी अगाडि लाने अभियानतर्फ जानुपर्छ ।’

कार्यक्रममा बोल्नेहरूमध्ये देवेन्द्र दाहालले विगतमा पार्टी एकता भएपनि गतिविधि हुन नपाएको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशपछि नेपालले थालेको अभियानले अराजकता ल्याउने बताउनुभएको छ । आफूहरूले एमालेको संगठन बिस्तार गर्दै जनतामाझ माधवकुमारको पार्टी कुन हो भनेर चिनाउनुपर्ने उहाँको भनाई थियो ।

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले भने १५ वर्ष पार्टी महासचिव भएका नेपालले ९ औं महाधिवेशनमा हारेपछि पार्टी अध्यक्षलाई हटाएको भन्नु नै हास्यास्पद रहेको बताउनुभएको थियो ।

टिप्पणीहरू