बढ्यो कोरोना संक्रमण,आज ८ जनाको मृत्यु

बढ्यो कोरोना संक्रमण,आज ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९६ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । आइतबार ५ हजार ८४ जनाको पिसिआर र ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा बताएका हुन् ।

गत बिहिबारदेखि आजसम्म कूल १९ हजार ५ सय ४२ पिसिआर परिक्षण भएकोमा ३ हजार १ सय ९ जनामा संक्रमण पुष्ठि भएको छ ।
यस्तै,बिहिबारदेखि आजसम्म ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा ५ सय ७६ जना र होम आइसोलेसनमा ५ हजार ७ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ८ जनाको ज्यान गएको छ । आज उपत्यकामा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाण्डौँमा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज मुलुकभर आइसियुमा १ सय १६ जना र भेन्टिलेटरमा १६ जना संक्रमितको उपचार भइरहेको छ । त्यसैगरी ३ हजार ५ सय ६५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू