अझै पनि भौतिक आक्रमणको आतंक

अझै पनि भौतिक आक्रमणको आतंक

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकास्थित गिङ्गयू खानीमा निरन्तर अवैध रुपमा हुँदै आएको प्राकृतिक स्रोत साधन उत्खननको विषयलाई लिएर नेकपा माओवादी,नेपाली काँग्रेस र प्रहरी प्रशासनले एक अर्कालाई आरोप लगाउँदै आएका छन् । त्यहि क्रममा नेकपा माओवादीले आफ्ना स्थानीय नेता तथा कार्यकर्तामाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै अन्यथा भौतिक कारबाहीको चेतावनी दिएको छ ।

जनताबाट समस्या र जनगुनासो आउन थालेपछि पार्टीको तर्फबाट शनिबार बिहान प्रभावित क्षेत्रमा अनुगमन गर्न गएका इलाका इञ्चार्ज वसन्त र इलाका युवा अध्यक्ष सन्देशमाथि नेपाली कांँग्रेसका कार्यकर्ताहरूले निर्घात कुटपिट गरेको भन्दै माओवादीले घोर आपत्ति जनाएको हो ।

साथै त्यस क्षेत्रका जनताको मागलाई सम्बन्धित तहबाट पूरा नगरे जनताको बलमा खानी बन्द गर्ने र सम्बन्धितहरूमाथि जनकारबाही गर्ने बताइएको छ ।

टिप्पणीहरू