रजनीश आश्रम बेच्ने षड्यन्त्र

रजनीश आश्रम बेच्ने षड्यन्त्र

– राजेशचन्द्र राजभण्डारी

चर्चित धर्म गुरु भगवान् रजनीशको नाममा भारतको पुणेमा रहेको ओशो आश्रमको जग्गा केही विदेशीले बिक्री गर्न लागेको भन्दै त्यसलाई रोक्न बागलुङका ओशो अनुयायीले हस्ताक्षर अभियान थालेका छन् ।

ओशो अमृत ध्यान केन्द्र बागलुङ शाखाले कोरोनाको कारण देखाई आर्थिक संकट परेको भन्दै केही विदेशीले बिक्री गर्न लागेको भन्दै त्यो रोक्न हस्ताक्षर अभियान शुरू गरेको जनाएको छ ।

बुद्ध धर्मावलम्बीको लागि लुम्बिनी र हिन्दू धर्मावलम्बीको लागि पशुपतिनाथ भनेझँै ओशो अनुयायीको लागि पुणे त्यत्तिकै पवित्र भएको कारण यसलाई बिक्रीवितरणबाट रोक्न हस्ताक्षर अभियान चलाउनुपरेको ओशो अमृत ध्यान केन्द्रका अध्यक्ष लीला खड्काले बताए ।

हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएर त्यहाँबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पु¥याउने योजना भएको ओशोका अनुयायी रोशन कुँवरले बताए ।

ओशो उर्फ रजनीश १९७० को दशकमा भारतमा लोकप्रिय र विवादित अध्यात्मिक गुरु थिए । उनले आफ्नो आत्मालाई जगाएको दाबी गर्थे । उनी आफ्ना अनुयायीलाई डायनामिक र शारीरिक क्रियाद्वारा ध्यान गराउँथे ।

१९९० मा पुणेस्थित आफ्नो आश्रममा ओशोको देहान्त भयो । मृत्युको कारण अहिलेसम्म रहस्यमै छ ।

टिप्पणीहरू