अस्पतालबाटै डाक्टर पक्राउ

अस्पतालबाटै डाक्टर पक्राउ

रुकुमको चौरजहारी अस्पतालमा कार्यरत चिकित्सक पक्राउ परेका छन् । अस्पतालका डा। दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एक छिनअघि अस्पतालबाटै समातेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिखत सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाण्डौको आदेशपछि उनलाई पक्राउ गरिएको हो ।

मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डा। गौतम चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनीमाथि छ ।

टिप्पणीहरू