राजधानी नजिकै एमालेको समानान्तर कमिटी

राजधानी नजिकै एमालेको समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल पक्षले जिल्ला कमिटी विस्तारलाई निरन्तरता दिइरहेको छ । सोही क्रममा आज काभ्रेको बनेपामा कार्यकर्ता भेला आयोजना गरी २ सय ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

झण्डै पाँच सय जना कार्यकर्ताको सहभागिता रहेको उक्त कार्यक्रमले टोकबहादुर वाइवाको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।
भेलाले जिल्ला कमिटीको घोषणासँगै पालिकाहरूको नेतृत्व टीम,युवा,विद्यार्थी,किसान,मुक्ति समाजको समेत जिल्ला कमिटी बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेतृ अष्टलक्ष्मी शाक्य तथा नेताहरू कृष्णप्रसाद सापकोटा, विदुर सापकोटालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू