कुन कुन अनलाइन बन्द, कुनलाई २४ घण्टे ?

कुन कुन अनलाइन बन्द, कुनलाई २४ घण्टे ?

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य हस्ताक्षरसम्बन्धी अपुष्ट समाचार प्रकाशित गरेका दुई वटा अनलाइनको साइट ब्लक गर्ने निर्णय भएको छ । अन्य सातवटा अनलाइन पोर्टलहरूले भूलसुधार र क्षमायाचनासहित प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

काउन्सिल स्रोतले भनेको छ,‘सात वटालाई स्पष्टीकरण सोधिएको छ,दुई वटालाई नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा साइट ब्लकको लागि लेखी पठाइएको छ ।’

सात वटालाई स्पष्टीकरण सोधिएको छ, दुई वटालाई नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा साइट ब्लकको लागि लेखी पठाइएको छ ।’

एनटीएमा ब्लक गर्न पठाएका साइटहरूमा सन्देशप्रवाह डट कम र न्यूजएटिएटपोष्ट डट कम छन् । उनीहरू कानुनी रुपमा दर्ता भएको देखिँदैन ।

अरु सात वटा अनलाइनलाई सोधिएको चौबिस घण्टे स्पष्टीकरणको जवाफ भने आइसकेको बताइएको छ । त्यसरी अपुष्ट समाचार प्रकाशित गर्ने अनलाइनहरूमा उज्यालो नेटवर्क डटकम,नेपाली गाथा डटकम, पर्दाफास डटकम, कान्तिपथ डटकम, सुदर्शन खबर डटकमलगायत हुन् ।

टिप्पणीहरू